Twitter

Follow palashbiswaskl on Twitter

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti devi were living

Friday, February 22, 2013

नागरिकता प्राप्तीमा कठिनाइ

नागरिकता प्राप्तीमा कठिनाइ

काठमाडौं, फागुन ११ गते । सेवाग्राहीले व्यक्तिगत घटना दर्ता र नागरिकतावीचको अन्तरसम्वन्ध नवुझेका कारण नागरिकता प्राप्तीमा कठिनाई हुने गरेको बताइएको छ ।

महिला, कानुन र विकास मञ्चको आयोजनामा शुक्रवार राजधानीमा आयोजित 'नागरिकतामा सवैको पहुँचकालागि नगरपालिकाका वडा सचिवहरु र गाउँ विकास समितिका सचिवहरुको भूमिका र समस्या' विषयक अन्तरक्रियामा सरोकारवालाहरुले सेवाग्राहीले व्यक्तिगत घटना दर्तामा वेवास्ता गरेकै कारण नागरिकता प्राप्तीमा कठिनाई हुने गरेको बताएका हुन ।

कार्यक्रममा गाविस सचिवहरुले स्थानीय निकायका निर्वाचित पदाधिकारीको सिफारिसका आधारमा नागरिकता बनाउने कानुनी व्यवस्था भएपनि लामो समयदेखि स्थानीय निकायमा निर्वाचित पदाधिकारी नहुँदा सेवाग्राहीले भनेको आधारमा सिफारिस गर्नुपर्दा कहिलेकाँही आफै कानुनी कारवाहीको फन्दामा पर्ने गरेको गुनासो सुनाए । 
अन्तरक्रियामा गृह मन्त्रालय र सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयवीच आवश्यक समन्वय नभएका कारणपनि समस्या हुने गरेको बताइयो ।

कार्यक्रममा सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयका जनसङ्ख्याविद विमलराज वगालेले 'नागरिकता, व्यक्तिगत घटना र स्थानीय निकायको भूमिका' विषयक कार्यपत्र प्रस्तुत गर्दै सेवाग्राहीले नागरिकता लिनेवेलामा मात्र व्यक्तिगत घटना दर्ता गर्नुपर्ने बुझ्ने र तत्कालै  सवै कागजात खोज्ने परिपाटीले नागरिकता प्राप्तीमा समस्या हुने गरेको बताउनुभयो ।

No comments:

Related Posts Plugin for WordPress, Blogger...